काठमाडौं, २९ असोज–आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमीका दिन विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ।

नेपालबाहिर बसोबास गर्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईले धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टिअनुसार टीका लगाउने समय यकिन गरिएको बताए।

समितिका अनुसार नेपालमा टीका लगाउने उत्तम साइत शुक्रबार बिहान १०स्२ बजे रहेको छ। यस्तै‚ भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९स्५५ बजे उत्तर साइत रहेको छ।

यस्तै‚ अमेरिकाको न्युयोर्कमा १५ अक्टोबरको दिन बिहान ९स्२१ बजे‚ केन्टुकीमा १५ अक्टोबरको दिन बिहान ८स्४५ बजे‚ टेक्सासमा १५ अक्टोबरको दिन बिहान ८स्१५ बजे र क्यालिफोर्नियामा १५ अक्टोबरको दिन बिहान ७स्१५ बजे उत्तम साइत रहेको छ।

क्यानडाको टोरन्टोमा १५ अक्टोबरको दिन बिहान ८स्३५ बजे‚ जापानको टोकियोमा १५ अक्टोबरको दिन बिहान ११स्५ बजे उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *