राजगढ, ३० असोज–दशैंको अवसर पारेर झापाको बाह्रदशी ३ राजगढमा राजवंशी चौक स्तम्भको अनावरण गरिएको छ ।
राजवंशी जातीय भेषभूषासहितको पुरुष र महिलाको आकृति भएको स्तम्भको प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा कृषि राज्यमन्त्री ज्ञानेश्वर राजवंशीले अनावरण गरेका हुन् ।
बाह्रदशी गाउँपालिकाको १४ लाख ५० हजार रुपैयाँको बजेटमा सो स्तम्भ निर्माण गरिएको थियो ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद पूर्णसिंह राजवंशी, नेकपा एमालेका अध्यक्ष केपी ओलीका सल्लाहकार असारु राजवंशी, एमालेका केन्द्रीय सदस्य हरि राजवंशी, एमालेकै ओमनारायण राजवंशी, नेपाली काँग्रेसका रामप्रसाद दुलाल, नेपाल रेडक्रस सोसाइटी बाह्रदशीका दयानन्द गोस्वामी, राजवंशी धर्म संस्कार समितिका लखनलाल राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बाह्रदशी ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन श्याम राजवंशीले गरेका थिए ।
