धनुषा, ३१ असोज–धनुषामा एक जना पुरुषको हत्या भएको छ । नगराइन नगरपालिका-५ गंगुलीस्थित हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय पुरुषमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार खुकुरीले घाँटी काटिएको छ । घटनास्थलमा खुकुरी पनि फेला परेको छ ।

मृतक पुरुषले सेतो सर्ट र खैरो पाइन्ट लगाएका छन् । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

शवलाई पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *