काठमाडौं, ३१ असोज–चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डमाथि १–० गोलको साँघुरो जित निकाल्दै चेल्सी शीर्ष स्थानमा उक्लिको हो ।
ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन वेन चिलवेलले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै चेल्सीलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।
जितसँगै चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा ८ खेल खेलेको चेल्सीको १९ अंक छ ।
पराजित ब्रेन्टफोर्ड १२ अंक जोडेर सातौं स्थानमा छ । शनिबार राति नै भएको अर्को खेलमा एस्टोन भिल्ला उल्भ्ससँग पराजित भएको छ ।
त्यस्तै, अर्को खेलमा लिड्स युनाइटेडमाथि साउथह्याप्टनले जित निकालेको छ ।
