काठमाडौं, १ कातिक–सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दिएको जानकारीअनुसार बैठक पार्टीको केन्द्रीय कार्यालयमा बसिरहेको हो ।

उनका अनुसार पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ । कार्तिक १३ गते वडा र मंसिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।

यस्तै, माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *