दमक, ३ कार्तिक–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आजदेखि झापाको सुरुङ्गामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । दमकस्थित केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले तेस्रो सेवा केन्द्रको रुपमा सुरुङ्गाबाट कारोबार सुरु गरेको हो ।
कनकाई नगरपालिकासहित आसपासका क्षेत्रका स्थानीय सदस्यहरुलाई सुरुङ्गाबाटै सेवा दिने उदेश्यले सेवा केन्द्र स्थापना गरिएको र आजदेखि कारोबार सुरु गरिएको प्रमुख व्यवस्थापक कमल घिमिरेले बताउनुभयो । सुरुङ्गास्थित सेवा केन्द्रको कार्यालयमा आज विहान विधिवत ढंङ्गले सेवा केन्द्रको सञ्चालन गरिएको छ । सो सेवा केन्द्रमा एक जना कार्यालय प्रमुख, एक जना लेखा, एक जना कर्जा प्रमुख सहित तिन जना बजार प्रतिनिधिहरु रहने छन् ।
सेवा केन्द्र सञ्चालनको अवसरमा संस्थाका मुख्य व्यवस्थापक कमल घिमिरे, सञ्चालक समिति सचिव बुदिद्धसागर बराल, सदस्य तुलसीराम प्रसाई, सञ्जिव रिमाल, लेखा समिति संयोजक शिबप्रसाद अधिकारीसहित उर्लाबारी सेवा केन्द्र प्रुमख दुर्गाप्रसाद गुरागाई, दमकस्थित मुख्य कार्यालयका लेखा प्रमुख गायात्रा ढकाल लगायत कर्मचारीहरुको उपस्थित थियो ।
यसअघि, शिबसताक्षी नगरपालिकाको झिलझिले र मोरङको उर्लाबारीमा सेवा केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याइसकेको प्रमुख व्यवस्थापक घिमिरेले जानकारी गराउनुभयो । झिलझिलेस्थित सेवा केन्द्रबाटै सुरुङ्गा क्षेत्रका सदस्यहरुलाई सेवा दिर्दै आएको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आजदेखि सुरुङ्गा सेवा केन्द्रबाटै सेवा दिन थालेको प्रमुख व्यवस्थापक घिमिरेले जानकारी गराउनुभयो ।
त्यस्तैं, संस्थाले चोथौ सेवा केन्द्रको रुपमा गौरादह नगरपालिकाको गौरादहमा सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारीमा गरेको छ । त्यस्तैं, मोरङको पथरी, रतुवामाई नगरपालिकामा समेत सेवा केन्द्र स्थापना गरिन लागेको घिमिरेले बताउनुभयो ।
