झापा, ३ कार्तिक–प्रदेश-१ मा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

केही दिनदेखि अविरल परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको हो ।

यो संख्या थप बढ्न सक्ने प्रदेश १ का डीआईजी अरुणकुमार बिसीले जानकारी दिए । उनका अनुसार प्रदेश-१ मा बेपत्ता हुनेको संख्या १६ पुगेको छ ।

प्रदेशमा सबैभन्दा बढी पाँचथरमा २१ जनाको मृत्यु भएको छ । डीआईजी बिसीका अनुसार पाँचथरमा ११ जनाको मात्रै मृत्यु पुष्टि भएको छ ।

यस्तै मिक्लाजुङ गाउँपालिकामा थप १० जनाको मृत्यु भएको जानकारी आएपनि सञ्चार सम्पर्क नहुँदा पुष्टि हुन बाँकी रहेको उनले बताए ।

उनका अनुसार इलाममा पहिरोमा परी १३ जनाको मृत्‍यु भएको भने धनकुटामा पहिरोबाट सात जनाको मृत्यु भएको उनले बताए ।

बाढी पहिरोका कारण सुनसरीमा ४, उदयपुरमा २, भोजपुर र मोरङमा १–१ जनाको मृत्यु भएको डीआईजी बीसीले बताए ।

सञ्चार सम्पर्क बिच्छेद हुँदा पहाडि जिल्लाहरुबाट पूर्ण विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *