काठमाडौं,४ कार्तिक–नेकपा एमालेले १०औँ महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।
आज च्यासलमा बसेको बैठकले चितवनमा हुने महाधिवेशन आयोजनाका लागि मूल व्यवस्थापन समिति गठन गरेको हो ।
जसमा सबै प्रदेशको प्रतिनिधित्व रहने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यस्तै, बैठकले हालै सम्पन्न विधान महाधिवेशन सफल र ऐतिहासिक भएको निष्कर्ष निकालेको छ ।
बैठकले बाढीपहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतका कार्यक्रमण घोषणा गर्न सरकारसँग माग गरेको छ । यस्तै, मौसम पूर्वानुमानलाई थप व्यवस्थित बनाउन आग्रह गरेको छ ।
यसैगरी, बैठकले विभिन्न सामाजिक संघसंस्थामाथि सरकारले नाङ्गो हस्तक्षेप सुरु गरेको भन्दै आपत्ति जनाएको छ । स्थायी कमिटी भोलि २ फेरि बस्नेछ ।
