डुडामारी (शिबसताक्षी), ५ कार्तिक–काठमाण्डौंमा व्यवसायसँगै समाजिक कार्यमा सक्रिय कमलप्रसाद सापकोटाले झापाको शिबसताक्षी–७ फाक्तेपमा आयोजना हुन लागेको फाक्तेप मिनी गोल्डकपलाई रु ५१ हजारको चेक हस्तान्त्रण गर्नुभएको छ ।
फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयमा शुक्रबार विहान एक कार्यक्रममा व्यवसायी एबम् सामाजिक अगुवा सापकोटाले फाक्तेप मिनी गोल्ड कपको दोस्रो पुरुस्कार वापत रु ५१ हजारको चेक हस्तान्त्रण गर्नुभएको हो ।
नगद हस्तान्त्रण कार्यक्रममा शिबसताक्षी नगरपालिकाका प्रवत्ता समेत रहनुभएका वडा अध्यक्ष नविन इजम, पत्रकार गोविन ल्वागुन र फाक्तेप मिनी गोल्ड कप आयोजक पदाधिकारी र सदस्यहरुको उपस्थितिमा सापकोटाले दोस्रो पुरुकारको राशी सौजन्य प्रदान गर्नुभएको हो ।
शिबसताक्षी–७ चन्द्रडाँगी निवासी सापकोटा काठमाण्डौंमा वैदेशिक रोजगार सम्बन्धी के एल म्यानपावर सञ्चालन गर्दै आउनुभएको छ ।
वडा दशैंको अवसरमा पारिवारिक भेटघाटको क्रममा गृह नगर आउनुभएका व्यवसायी एबम् सामाजिक व्याक्तित्व सापकोटाले खेल क्षेत्र मार्फत युवाहरु सामाजिक कार्यमा रुपान्त्रण हुने भएकोले फाक्तेप मिनी गोल्डकपलाई दोस्रो पुरुकार वापत रु ५१ हजार सहयोग गरिएको बताउनुभयो । वहाँले ग्रामिण क्षेत्रमा मिनी गोल्डकप आयोजना गरेर त्यसलाई उचित व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो ।
चेक हस्तान्त्रण कार्यक्रममा बोल्नुहुदै सापकोटाले स्थानीय स्रोत र साधन जुटाएर आयोजना हुन लगेको गोल्डकपलाई सम्पन्न गर्न टेवा पुगोस भन्ने हेतुले उक्त रकम सहयोग गरेको र आगमी दिनमा पनि स्थनीय क्षेत्रमा हुने खेलकुद गतिबिधीलाई सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।
सोही अवसरमा नगर प्रबक्ता तथा ७ नम्बरका वाडाध्यक्ष नवीन इजमले गोल्ड्कपलाइ सफल बनाउन नगरको तर्फबाट आवश्यक सहयोगको लागि उचित भुमिका रहने बताए ।
फाक्तेप मिनि गोल्ड्कप आगमी मङ्सिर १ गतेबाट शुरु हुँदैछ । गोल्ड्कपमा झापा, मोरङ, सुनसरी, इलाम र सिन्धुलीका ८ टिमको सहभगीता रहने छ ।
प्रतियोगिताको बिजेताले १ लाख १ हजार र उपबिजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने क्लबका अध्य्क्ष बमप्रसद चेम्जोङ्ले बताउनुभयो । गोल्ड्कप सञ्चालनको तयारी तिब्र रुपले भैरहेको र हाल आर्थिक संकलनको कामलाई तिब्र बनाइएको आर्थिक संयोजक दिपक शेर्माले जानकारी दिए ।
