धरमपुर, ८ कार्तिक–यहाँका व्यवसाय गर्नेहरुले धरमपुर पेशा व्यवसायी संघ गठन गरेका छन् । शिबसताक्षी–१ धरमपृर चौक बजारलाई लक्षित गरेर स्थापना गरिएको संघको अध्यक्षमा पेमा लामा चुनिएका छन् ।
स्थानीय राजनीति तथा सामाजिक अगुवा नेत्र नेम्बाङका अनुसार संघको उपाध्यक्षमा चन्द्र खड्का, सचिवमा खगेन्द्र दाहाल, सहसचिवमा शुक्रराज नेम्बाङ र कोषाध्यक्षमा गंगा घोर्साने थापा छन् । त्यस्तैं, संघको सदस्यहरुमा पूर्ण नेम्बाङ, रुकमणि खड्का, निहाङ राई र पृथ्वी बोहोरा छन् ।
नवगठित संघले आगामी बैठकद्वारा योजना र उदेश्यसहित कार्यक्रमहरु संञ्चालन गरिने जानकारी गराएको छ । खासगरी, धरमपुर चोक बजारको व्यवस्थापन, चोक बजारमा सवारी साधनको पार्किङ, सार्वजनिक सौचालय लगायत चौक बजारका समस्यालाई व्यवस्थित गर्न आवश्य पहल गरिने संका सहसचिव एबम् धरमपुरस्थित ओप्पा क्याफे एण्ड वारका सञ्चालक शुक्रराज नेम्बाङले बताए ।
यसैबीच, आजै धरमपुर चोकमा अव्यवस्थित रुपमा पार्किङ हुदै आइरहेको सिटी, अटो र मारुती भेनहरुका लागि पाकिङको व्यवस्थापन गर्न तयारी गरिएको छ । चोकदेखि उत्तर राजमार्ग र रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्र आसपासमा पाकिङ गर्न माटो र बालुवा लगाई पार्किङ स्थलको व्यवस्थापन गरिने भएको छ ।
पार्किङ स्थल बन्दै गरेको स्थानमा धरमपुर सार्वजनिक सौचालय समेत छ । सो सौचालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कार्यमा जुटिरहेको समितिका संयोजक नेत्र नेम्बाङले जानकारी दिएका छन् । पार्किङ र सार्वजनिक सौचालय एकैतर्फ भएपछि धरमपुर चौक व्यवस्थित र आर्कषक देखिने नेम्बाङको तर्क छ ।
धरमपुर चोकहुदै दक्षिण क्षेत्र मंगलबारे, पारबारी, पाँचगाछी, बैगुनधुरा र माहाभारासम्म आवत जावत गर्न यो सडकमा सयौको संख्यामा सवारी साधानहरु सञ्चालन हुने गरेका छन् ।

