काठमाण्डौं, ८ कार्तिक–प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठकले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्ने निर्णय गरेको छ।
भोली बिहान ११ बजे प्रधानन्यायाधीशलाई भेटेर राजीनामाका लागि आग्रह गर्ने निर्णय भएको बैठकमा सहभागि एक न्यायाधीशले जानकारी दिए।
सोमबार प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक बहिष्कार गर्ने घोषणा गरेका न्यायाधीशहरुको छुट्टै बैठक बसेको थियो। असन्तुष्ट १४ मध्ये १३ न्यायाधीश बैठकमा सहभागी थिए।
स्वास्थ्य अवस्था प्रतिकुल भएर न्यायाधीश नहकुल सुवेदी बैठकमा सहभागी नभएको बताइएको छ।
प्रधानन्यायाधीश जबराले एजेण्डामा छलफल नै नगरी नेपाल बारका पदाधिकारीलाई फुलकोर्ट बैठकमा आमन्त्रण गरेपछि उनीहरु असन्तुष्ट भएका थिए।
