धरमपुर, ८ कार्तिक–आर्थिक अभावले अलपत्र अवस्थामा रहेको झापाको धरमपुर चौकस्थित सार्वजनिक सौचालयको १५ प्रतिशत कार्य सम्पन्न हुन अझै बाँकी छ ।

धरमपुर घर भएर हालः बैदेशिक रोजगारमा रहेका धरमपुरेली युवाहरुको सक्रियतामा तिन वर्षदेखि निर्माण कार्य सुरु भएको धरमपुर महिला तथा अपाङ्ग मैत्री सार्वजनिक सौचालयमा आर्थिक अभाव भएको छ ।

यसैबीच, आज (८ कार्तिक) देखि सौचालयको भित्र कोठामा रंगरोगनसहित पानी ट्याङ्की राख्न र पाइप जडान गर्न सुरु गरिएको छ । भित्री कोठाहरुमा रंगरोगन सुरु गरिएको छ, निर्माण समितिका संयोजक नेत्र नेम्बाङले भने-‘आर्थिक अभावको कारणले तोकिएको समयभित्र निर्माण कार्य पुरा गर्न सकिएन ।’

नेम्बाङका अनुसार भवनको बाहिरी भागमा व्यवसायीक प्रयोजनका उद्योग व्यवसायको बिज्ञापन सहितको रंगरोगन गर्न विभिन्न कम्पनीहरुसँग छलफल भइरहेको छ ।

सौचालयमा महिला र अपाङ्ग मैत्री भवन र कोठाहरु छन् । महिलाका लागि ड्रेसिङ रुम सहित स्वच्छ र सफा पानीको व्यवस्था गर्ने लक्ष्य राखेर निर्माण सुरु गरिको सौचालयभित्र र वाहिर भागमा पछिल्लो समय फोहोर बढ्दै गएको छ ।

बजारका व्यवसायीहरुले पनि सोही स्थानमा फोहोरहरु विर्सजन गर्ने स्थल बनाउदै गएपछि सौचालयलाई सञ्चालन गर्न आवश्यक पहल सुरु गरिएको नेम्बाङ बताउछन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *