झापा, ८ कात्तिक–झापाको दमक नगरपालिका–१६ घर भई हाल ईटहरी उपमहानगरपालिका ८ मा बसोबास गर्ने ४३ वर्षीय भक्त बहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

राईले ईटहरी–६ की ६१ वर्षीया एकल महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिब दुई करोड छत्तिस लाख अन्ठानब्बे हजार रुपैयाँ बराबरको घर जग्गा पास गराई दिन्छू भनी अर्के ब्यक्तिको नाममा पास गराई रकम ठगी गरेको भन्ने जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीले राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई ठगी मुद्धा अन्तरगत कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *