काठमाडौं, ९ कार्तिक–आइसीसी टी–ट्वान्टीमा पाकिस्तानसँगको हार सहन नसकेर रिसाएका फ्यानहरले भारतका विभिन्न स्थानमा आफ्नो घरको टिभी फुटाइरहेको खबर आएको छ ।

बिहारको फोब्र्सगन्जका फ्यानहरु यति आक्रामक भएका हुन् कि खेल नसकिँदै उनीहरुले टिभी फुटाउन थालेका हुन् ।

भारत र पाकिस्तानबीचको यस ऐ्तिहासिक खेलका लागि भनेर आइतबार बिहानैदेखि भारतभर तिव्र तयारी भइरहेको थियो ।

सबैतिर प्रजेक्टर राख्ने लगायत विभिन्न भव्य तयारी गरिएको थियो ।

आक्रामक फ्यानहरुले खेल हेर्दाहेर्दै उठेर टिभी उचालि भुइँमा पछारेका विभिन्न भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेका छन् । त्यस्तै कतिले चाहिँ सडकमा ल्याएर टिभी फुटाएका हुन् ।

पहिलोपटक भारतले दश विकेटले टीट्वेन्टीमा हार बेहोर्नु परेको हो । टिभी फुटाएपछि त्यसलाई लठ्ठीले हानेको पनि भिडियोमा देखिन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *