दमक, ९ कार्तिक–नेकपा (एमाले) दमक नगरको प्रथम नगर अधिवेसनबाट सर्वसम्मत रुपमा गेहनाथ पोखरेल अध्यक्ष निर्वाचित भएकाछन् ।

आज भएको अधिवेसनबाट सर्वसम्मत रुपमा उनि अध्यक्ष निर्वाचित भएकाहुन् । पदाधिकारी तथा सदस्यहरुमा दाबी धेरैको रहेपछि त्यसलाई पनि सर्वसम्मत बनाउन पहल भइरहेको बताईएको छ ।

दमक-४ दाहाल प्रतिष्ठानको सभाहलमा मंगलवार विहानैदेखि अधिवेसन सञ्चालन भइरहेको छ । पार्टीको नगरमा पदाधिकारीहरुमा युवा पुस्ताको दाबी बढि नै देखिएको छ ।

अध्यक्षमा लोकबहादुर अधिकारी लगायतको दाबी रहेपनि पार्टीको नेताहरु बसेर सर्वसम्मत बनाएको बताईन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *