एकीकृत समाजवादीद्वारा शिबसताक्षी-२ मा वडा कमिटी गठन

धरमपुर (शिबसताक्षी), ११ कार्तिक–नेकपा (एकीकृत समाजवादी) को शिबसताक्षी–२ मा वडा कमिटी गठन भएको छ । कमिटीको अध्यक्षमा कृष्ण कुमार राई, उपाध्यक्षमा यसोदा भट्टराई, सचिवमा बेनु माधव रिसाल, सहसचिवमा भीमा भट्ट, यसोदा गौतम, दीपक फुयल छन् ।

त्यस्तैं, वडा कमिटी सदस्यहरुमा अम्बिका बजगाई, लोकबहादुर सुनुवार, रामबहादुर तामाङ, सन्तोस राई, मदन बेस्रा, इन्द्र मगराती, लोकनाथ भट्टराई, कुमार राई, कुमारी राई, जीवन भण्डारी, अर्जुन भण्डारी, नगिन खत्री, रञ्जना सापकोटा (प्रवित्रा), रामचन्द्र विक, अम्रित निङलेकु, राजु भुजेल, पदम राई, अदित राई, गणेश तुम्बापो, रामचन्द्र दर्नाल छन् ।

नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी नगर अध्यक्ष नवीन इजमको अध्यक्षतामा र पार्टीका केन्द्रीय सदस्य एबम् झापा इन्र्चाज इन्द्रबहादुर बुडाथोकीको प्रमुख आतिथ्यतामा वडा कमिटी गठन भएको हो ।

कार्यक्रममा जिल्ला कमिटी सचिव निलामणी बराल, उपसचिव मणी भण्डारी, प्रचार प्रसार विभाग एबम् पत्रकार तीर्थ सिग्देल, पेशागत महासंघ प्रदेश कमिटी सहइन्र्चाज केन्द्र प्रसाई, जिल्ला कमिटी झापाका सदस्य सोमनाथ गुरागाई, जिल्ला कमिटी सदस्य ज्ञानेन्द्र निङलेकु, ताराप्रसाद गौतम, प्रेम राई, तुलसीराम भट्टराई, जिल्ला कमिटी सदस्य तथा नगर कमिटी सचिव शान्तिराम न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नवगठित वडा कमिटीका अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि बुडाथोकीले सपथ ग्रहण गराएका थिए । सो अवसरमा नवगठित कमिटीका अध्यक्ष कृष्णकुमार राईले प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो ।

नगर कमिटी सदस्य घनश्याम रिसालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई नगर कमिटी सहसचिव खेम मैनालीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *