झिलझिले, १२ कार्तिक–झापाको शिबसताक्षी–८ श्रीजंघा चौककी चार वर्षिया क्यानसर पीडित जेसिका विश्वकर्मलाई असल साथी मिडिया ग्रुप प्रभास नेपालले रु १२ हजार सहयोग हस्तान्त्रण गरेको छ ।
कमजोर आर्थिक अवस्थाले जेसिकाको उपचारमा कठिनाई भएको खबर सार्वजनिक भएपछि असल साथी मिडिया ग्रुप प्रभास नेपालले आज उक्त सहयोग रकम हस्तान्त्रण गरेको हो ।
जेसिकाको घरमै आज विहान एक कार्यक्रमबीच असल साथी मिडिया ग्रुप प्रभास नेपालका प्रतिनिधि अनुजा (मिना) राईले सहयोग रकम हस्तान्त्रण गरेकी हुन् ।
सो सहयोग रकम जेसिका बचाउ अभियानका सल्लाहकार एबम् शिबसताक्षी नगरका अगुवा व्याक्तित्व चन्द्रवीर नेम्बाङलाई असल साथी मिडिया ग्रुम प्रभास नेपालका प्रतिनिधि राईले हस्तान्त्रण गरेकी हुन् ।
सो क्रममा असल साथी मिडिया ग्रुप प्रभास नेपालका प्रतिनिधि राईले सानी नानी जेसिकाको उपचारमा सहयोग जुटाउने उदेश्यले सानै भएपनि आर्थिक सहयोग गरेको बताईन् । उनले यो ग्रुपमा देश तथा विदेशमा रहनुहुने सामाजिक र परोपकार सेवामा मन विचार राख्नेहरुको समुहले व्याक्तिगत सहयोग संकलन गरेर जेसिकाको उपचारमा सहयोग जुटाएको बताईन् । ग्रुपमा फेसबुक मार्फत विभिन्न जिल्लाहरुसहित प्रभासमा कार्यरत नेपाली युवाहरु आवद्ध रहेको राईले सो क्रममा जानकारी गराईन ।
जेसिका बचाउ अभियानका सल्लाहकार एबम् शिबसताक्षी नगरका अगुवा नेम्बाङले जेसिकाको उपचारमा सहयोग गर्नुहुने असल साथी मिडिया ग्रुप प्रभास नेपालका सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
सहयोग हस्तान्त्रण कार्यक्रममा जेसिकाकी आमा सिता विश्वकर्मा, मोहन सेनचुउरी, युवा व्यवसायी विशाल शेर्मा, मोहन बाहिङ राई लगायतको उपस्थिती रहेको थियो ।
यसअघि, मेची महाकाली बुहारी संयुक्त आवाज दमक शाखाले रु १५ हजार सहित खाद्यान्य सामाग्रीहरु सहयोग हस्तान्त्रण गरिसकेको छ । त्यस्तैं, विभिन्न व्याक्तिहरुले आर्थिक सहयोग गरिसक्नुभएको छ ।

