विराटनगर, १२ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ ।
४९३ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १३६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३२, झापामा २७, सुनसरीमा १६, इलाममा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै प्रदेश १ मा आज १८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९६ महिला र ८४ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको ।
