दमक, १३ कार्तिक–कलश बचत तथा ऋण सहकारी संस्थाले १०औं बार्षिक साधारणसभाको एक कार्यक्रमबीच उद्घाटन गरेको छ । दमक–६ देबकोटा चौक नजिकै रहेको संस्थाको आफ्नै कार्यालयमा आयोजना गरिएको १०औं वार्षिक साधारणसभाको उद्घाटन गरिएको हो ।
वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष महेश घिमिरेसहित, उपाध्यक्ष सागर खनाल, व्यवस्थापक शेखर भट्टराई लगायत सञ्चालक समिति र कर्मचारीहरुले १०औं बार्षिक साधारणसभामा प्रस्तुत गर्ने आर्थिक बर्ष २०७७।०७८ को प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
संस्थाको अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा १०औं बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरेले कोरोना भाइरस (कोभिड-१९) को सक्रमण अहिले पनि बढ्दो अवस्थामा रहिरहेकोले संस्थाले बार्षिक साधारणसभामा सहभागि शेयर सदस्य र कर्मचारीहरुको भिडभाँड नगरी सम्पन्न गर्नेगरी तिन दिनसम्म प्रतिवेदन वितरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
अध्यक्ष घिमिरेका अनुसार बार्षिक साधारणसभमा आगान्तुक संस्थाका सदस्यहरुलाई सुविधामा ध्यानमा राखी कार्यालयबाट उपलब्ध हुनेगरी प्रतिवेदन वितरण गरिने र १५ कार्तिकमा आवश्यक सुझावसहित १०औं बार्षिक साधारणसभालाई सम्पन्न गरिनेछ ।
सञ्चालक समितिका उपाध्यक्ष सागर खनालले स्वागत मन्तव्य राख्नुभएको साधारणसभको उद्घाटन कार्यक्रममा युवा व्यवसायी महेन्द्र खड्का, दमक अस्पताल सञ्चालक समितिका सदस्य सन्तोस दुलाल, पत्रकार अनिलदेब राई लगायको उपस्थिति थियो ।
दमकका युवा व्यवसायि र सामाजिक अगुवाहरुले २०६८ सालमा कलश बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरेका हुन् । संस्थामा हाल, २४ सय ७२ जना सदस्यहरु छन् ।
प्रतिवेदनमा सञ्चालक समितिको तर्फबाट दशौं बार्षिक साधारणसभामा अध्यक्षद्वारा आर्थिक वर्ष २०७८।०७९ मा सञ्चालन गर्ने कार्यक्रमहरु प्रस्तवाका रुपमा पेश गर्नुभएको छ ।
कर्मचारीको सेवा, सुविधा, लेखा परिक्षक नियुक्ती, बिनियम संशोधन लगायतका विषयहरुसँगै ब्याजदर परिर्वतन तथा ऋण लगानी सम्त्रन्धी थप व्यवस्था सम्बन्धमा, सम्मान तथा पुरस्कार सम्बन्धमा, सामाजिक कार्य, रेमिट्यान्स सेवा सम्बन्धमा, सवारी साधन खरिद र बिक्री सम्बन्धमा प्रतिवेदन ल्याइएको छ ।
वित्तिय कारोबारका कार्यहरुसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रममा कलश बचत तथा ऋण सहकारी संस्थाको योगदानलाई आगामी बर्ष अझै बढाउने लक्ष्य राखिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तैं, कर्मचारीको क्षमता बृद्धिसँगै औषधी उपचारमा पनि संस्थाले नीतिगत कार्यक्रमहरु ल्याउन लागिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
त्यस्तैं, लेखा समितिको तर्फबाट गोविन्दराज कटेलले प्रस्तुत लेखा समितिको प्रतिवेदनमा संस्थाको शेयर पूँजी २,१७,३४,२०० निक्षेप पूँजी १७,६८,७५,२६९ बैंक १,६७,६१,६१५ ऋण लगानीतर्फ १८,९०,०६,०४२ सम्पती सामानतर्फ ११६६७९९ र नगद मौज्दात ३२,६८,१९२ उल्लेख छ ।
वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा संस्थाका व्यवस्थापक शेखर भट्टराईले सञ्चालन गरेका थिए ।
