मोरङ, १३ कात्तिक–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश–१ संसदीय दलका नेता राजेन्द्र राईले आउँदो कात्तिक १७ गतेसम्म प्रदेश सरकार गठन हुने बताएका छन् ।

पार्टीले आज ९शनिबार० विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राईले भने, ‘हाम्रो गठबन्धनमा ५० सांसद छन् । तर, एमाले छलछाम गर्न खोजिरहेको छ । त्यो सफल हुँदैन । १५ गते प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमा विभाजन हुनेछ ।’ उनले असोज ८ गते नै भीम आचार्यले नेतृत्व गरेको सरकारको ३० दिन पुगिसकेको तर असंवैधानिक ढङ्गले चलेको बताए ।

‘सम्पती हस्तान्तरण गरे जसरी एमालेले सरकार फेर्‍यो । संविधान मिचेर सरकार बसिरहेको छ । तर, हाम्रो संख्या घटेको छैन्’, राईले भने, ‘प्रदेश–१ र वागमती नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति छ । कांग्रेले के गर्ला भन्ने थियो । तर, महाधिवेशन । १७ गते आदि कारणले ७ गतेको सदन स्थगित भएको हो ।’

उनले करिब करिब आफ्नो नेतृत्वमा सरकार बन्ने र गठबन्धन दल सबै साथै रहेको सुनाए । राईले माधव नेपालले पार्टी खत्तम गरे भन्नेलाई जवाफ दिनुपर्ने र नौलो जनवादी क्रान्ति संघर्षमा नेपाल सफल भएको सुनाए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *