दमक, १३ कार्तिक–पाँचथरको रानीटारस्थित तुम्पाङभे (तमाखे) मा थेवामाङहिम (मन्दिर) निर्माण गर्ने उदेश्यले याक्थुम नेम्बाङ समाजले आज लतितपुरमा देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुरको किरात याक्थुम चुम्लुङ हलमा आयोजित देउसीभैलो कार्यक्रममा रु १ लाख ५ हजार ६ सय १० संकलन भएको थेवामाङहिम निर्माण समितिका प्रवत्ता नेत्र नेम्बाङले जानकारी दिनुभएको छ ।
नेम्बाङ समुदायको थाकथलोको रुपमा रहेको रानीटारस्थित तुम्पाङभे (तमाखे) मा थेवामाङहिम निर्माण हुने प्रवत्ता नेत्र नेम्बाङले बताउनुभयो । प्रवत्ता नेम्बाङका अनुसा।र थेबामाङहिम निर्माणका लागि यसअघि रु ४६ लाख ९६ हजार ६६ संकलन भइसकको छ ।
याक्थुम नेम्बाङ समाजका अध्यक्ष एबम् सामाजिक अगुवा पृय कुमार नेम्बाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा अध्यक्ष नेम्बाङले थेवामाङहिम निर्माणमा याक्थुम नेम्बाङ समाजको महत्वपूर्ण योगदान हुने र त्यसलाई सफलता प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लिम्बू जातिको मौलिक पहिचान झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो । नेम्बाङ निर्माण समितिका सचिव कविता नेम्बाङले सञ्चालन गर्नुभएको कार्यक्रममा कृष्णराज नेम्बाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
