धरमपुर (शिबसताक्षी), १३ कार्तिक–नेकपा (एमाले) शिवसताक्षी नगर अध्यक्षमा मेघहाङ्ग थोप्रा (रोसन) विजयी भएका छन् । निकटम प्रतिद्वन्दी सिताराम भेट्वाललाई भारी मतले पछि पार्र्दै उनी विजयी बनेका छन् । थोप्राले ३८१ मत प्राप्त गरेका थिए भने भेटवाल १७० ले प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा कमलप्रसाद लामिछाने ३०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्दी घनश्याम पोख्रेलल १०८ र जयनारायण अधिकारीले १२२ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, सचिव पदमा कमल नेपालले २८५ मत प्राप्त गरी विजयी बने भने उनका निकतम प्रतिद्वन्दीले बुद्धिराज लक्समले २४३ मत हासिल गरेको निर्वाचन मण्डलका सदस्य राधाकृष्ण खनालले जानकारी दिए ।

त्यसैगरी, उपसचिव खुल्ला पदमा भिमबहादुर लिवाङ विजयी भएका छन्। उनले २८९ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्दी भाष्कर सिटौलाले १८८ र विनोद सापकोटाले ५९ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपसचिवव महिला सुमित्रा अधिकारी सापकोटा विजयी भएकी छिन् । उनले २७९ मत प्राप्त गरेकी थिइन् भने उनका निकतम प्रतिद्वन्दी जुनु नेपाली दर्जीले २५८ मत प्राप्त गरेकी थिइन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *