धरमपुर (शिबसताक्षी), १७ कार्तिक–नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाइसियल) शिबसताक्षी नगर कमिटीले आज नगरका मूख्य बजारहरु सरसफाई गरेको छ ।
शुभ दीपावली, छठ लगायत नेपालीहरुको साँस्कृतिक चाडपर्वको अवसर पारेर वाइसियल शिबसताक्षी नगर कमिटीले नगरभित्रका मुख्य बजारहरु सरसफाई तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।
सरसफाई उद्घाटनको अवसरमा पार्टीका झापा सह–इन्चार्ज समेत रहनुभएका प्रदेश १ का सांसद झलकसिंह दर्लामी मगरले नेकपा (माओवादी) केन्द्रले स्थानीय नागरिकहरुबीचको सहकार्यमा सेवामुखी र जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै अघि बढ्ने बताउनुभयो ।
सांसद दर्लामीले पार्टी सम्बद्ध युवाहरुको संगठन वाइसियलले राजनीति गतिविधिहरुसँगै समाजमा अभियानको रुपमा जनचेतना जगाउने कार्यहरु गर्न निर्देशन दिनुभयो ।
पार्टी नगर अध्यक्ष महेन्द्र भट्टराईका अनुसार नगरभित्रको धरमपुर, डुँडामारी, झिलझिले, दूधे, माइधार, शिवगञ्ज, व्याङ्गडाँडा, पाराबारी, मंगलबारे लगायतका बजारहरु सरसफाई गरेको हो ।
धरमपुर चौकमा आयोजित सरफाई तथा शुभकामना आदान-प्रदान कार्यक्रमको उद्घाटन समारोहमा पार्टी जिल्ला कमिटीका सह इन्चार्ज तथा सांसद दर्लामीले वाइसियल नगर अध्यक्ष इन्द्र न्यौपाने, नगर उपाध्यक्ष जिएन लिम्बू र सञ्जिव राईलाई सर-सपाईका लागि प्रयोग हुने सामाग्रीहरु हस्तान्त्रण गरिएको सांसद दर्लामीका स्वकीय सचिव तथा नगर सचिवालयका नेता दुर्गा नेम्बाङले जानकारी दिनुभयो ।
सामाग्रीहरु हस्तान्त्रण कार्यक्रममा वाइसियल झापा अध्यक्ष दधिराम रिमाल, नेकपा (माओावदी केन्द्र) नगर कमिटी अध्यक्ष महेन्द्र भट्टराई, नगर कार्यालय सदस्य तथा सतासी साप्ताहिक पत्रिकाका प्रधान सम्पादक प्रेम याम्फु राई, सांसद दर्लामीका स्वकीय सचिव तथा नगर नेता दुर्गा नेम्बाङ, भुवन राई, ज्ञानेन्द्र तिम्सिना, १ नंम्बर वडा कमिटी अध्यक्ष नेत्र नेम्बाङ, भुवन सेन्दाङ लगायत वाइसियल नेता–कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमको सञ्चालन १ नंम्बर वडा कमिटी सचिव पुण लकान्द्रीले गर्नुभएको थियो ।
वडा नं १ का अध्यक्ष तथा युवा नेता नेत्र नेम्बाङका अनुसार आज आयोजित सरसफाई कार्यक्रमले वाइसियल नगर कमिटीलाई थप उत्साह र जिम्मेवारी बढेको बताउनुभयो । पार्टी राजनीतिसँगै सामाजिक कार्यमा पनि पार्टी संगठनको सहभागिता र उत्तरदायित्व देखिने भएकोले वाइसियल नगर कमिटीमा आवद्ध युवा साथिहरुले सरसफाई कार्यक्रमबाट थप नयाँ कुरा सिकेको बताउनुभयो ।



