मंगलबारे (धरमपुर), १७ कार्तिक–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा आज सरसफाई गरिएको छ । बजार व्यवस्थापन समितिको आयोजनामा जनप्रतिनिधि, राजनीति दल, सामाजिक संघसंस्था, व्यापार तथा व्यवसायी र युवाहरुको सहभागितामा मंगलबारे बजार सरसफाई गरिएको हो ।

बजार व्यवस्थापन समितिका अध्यक्ष एबम् युवा व्यवसायी भीम नेम्बाङका अनुसार नेपालीहरुको दोस्रो ठूलो चाँड शुभ दिपावली र छठ पर्वको अवसरमा बजार सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नेकपा (माओवादी केन्द्र) वडा कमिटी अध्यक्ष नेम्बाङले मंगलबारे बजारमा बजार व्यवस्थापन समिति र स्थानीय सरोकारवालाको सहभागितामा प्रत्येक बर्ष बजार सरसफाई गरिदैं आएको बताए ।

सो अवसरमा शिबसताक्षी–२ का जनप्रतिनिधि तथा नेकपा (एमाले) का वडा कमिटी अध्यक्ष कुमार राई, नेपाली कांग्रेसका सभापति काजीमान बुडाथोकी, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष कृष्ण राई, प्रहरी कार्यालय मंगलबारे, वडा नं २ का वडा सचिव पूर्ण कुँवर, नयाँ गोरेटो प्रतिष्ठान नेपाल शिबसताक्षी–८ डुडामारीका युवाहरुको उपस्थिति थियो ।

बजारको मुख्य चौक, टहरा, मन्दिर परिसर, हाँट बजार, हाँट खोला, पुतली लाईन लगायतको स्थानहरुमा सरसफाई गरिएको बजार अध्यक्ष नेम्बाङले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *