काठमाडौं, १८ कात्तिक–स्कटल्याण्डको ग्लासगोको जलवायु सम्मेलन कोप २६ मा उपस्थित नभएको विषयमा चिनियाँ राष्ट्रपति सि चिनफिङको आलोचना गरेका अमेरिकी समकक्षी जो बाइडेनलाई चीनले कडा जवाफ फर्काएको छ ।

बुधबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनविनले बाइडेनले कुराले केही नहुने बताएका छन् । उनले कुराभन्दा पनि महत्वपूर्ण आवश्यक कदम चाल्नु हुने बताएका छन् । वेनविनले भने, ‘हामीले जलवायु परिवर्तनको समस्या प्रभावकारी कदमबाट गर्नुपर्छ खोक्रा वाचाबाट होइन । चीनले जलवायु परिवर्तन नियन्त्रणको लागि प्रभावकारी कदम पनि चाल्दै आएको छ ।’

यसअघि मंगलबार बाइडेनले चिनियाँ राष्ट्रपति जलवायु सम्मेलनमा उपस्थित नहुनु उनको गल्ती भएको बताएका थिए । उनले चीनले विश्वको नेतृत्वकर्ताको रुपमा आफूलाई उभ्याउन चाहेको भए पनि महत्वपूर्ण मुद्दामा भने भाग्न चाहेको बताएका थिए ।

यसको जवाफमा वेनविनले सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताबाट अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा बाहिरिएको र उसले कुनै पनि सम्झौता पालना नगरेको स्मरण गराएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *