दमक, १८ कार्तिक–स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङ कार्तिक २२ गते दमकमा आउने भएका छन् । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री खापुङ पार्टी संगठन र दमक अस्पतालको अनुगमनको शिलशिलामा दमक आउने भएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी अध्यक्ष महेश घिमिरेका अनुसार स्वास्थ्य राज्यमन्त्री खापुङले कार्तिक २२ गते दमक अस्पतालसहित दमक नगरमा सञ्चालित वडा स्तरीय स्वास्थ्य केन्द्रहरुको बारेमा स्थलगत अवोलकन तथा जानकारी लिनुहुने कार्यक्रम रहेको छ ।

सो क्रममा एकीकृत समाजवादी दमक नगर कमिटीको कार्यालयमा दमकसहित झापाका पालिका स्तरीय कमिटीका अगुवा कार्यकर्ताहरुसँग भेृटघाटसहित छलफल गर्नुहुने कार्यक्रम रहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

दमक अस्पतालको निर्माणधिन भवनसँगै अस्प्तालको क्षमता बृद्धि र यान्त्रिक उपकरण लगायतका बारेमा मन्त्री खापुङले सरोकारवाला पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको नेकपा (एकीकृत समाजवादी) दमक अध्यक्ष घिमिरेले बताए । त्यस्तैं, मन्त्री खापुङले सोही दिन पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरु र पत्रकार भेटघाट गर्ने कार्यक्रम छ, घिमिरेले भने ।

तेह्रथुमबाट प्रतिनिधिसभामा निर्वाचित स्वास्थ्य राज्यमन्त्री खापुङले पछिल्लो समय प्रदेश १ का अस्पतालहरुको स्थलगत अध्ययन र अवोलकन गरिरेहका छन् । केही दिन अघि मात्रै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री खापुङले सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समेत अवोलकन गरीसकेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *