काठमाडौं, १९ कार्तिक–पछिल्लो २४ घण्टामा देशभर १८३ जना कोभिड(१९ संक्रमित थपिएका छन् । चार हजार ८४४ वटा नमुनाको परीक्षण गर्दा १८३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ ।

यो अवधिमा ६४९ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या आठ हजार ४१३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *