दमक, २० कार्तिक–झापाको शिबसताक्षी–७ फक्तेपमा मंसिर ११ गतेबाट प्रथम एनी फाक्तेप गोल्डकप २०७८ संचालन हुने भएको छ । फक्तेप फुटबल क्लबले आज फक्तेपमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।

फुटबलको उर्वरभूमि रहेको फाक्तेपमा पहिलो पटक ठुलो धनराशीको प्रतियोगिता आयोजना हुन गइरहेकोले सबै खेलप्रेमीहरु उत्साहित भएका छन् । बिगतमा साना प्रतियोगिताहरु धेरै भएको भए पनि गोल्डकप भने पहिलो पटक हुन लागेको हो ।

गोल्डकप संचालनलाई सहयोग गर्न आर्थिक संकलनलाई तिब्ररुपमा काम गरिरहेको र बिभिन्न संघ संस्था, व्यवसायीहरूसँग सम्मन्वय गरिरहेको आर्थिक सहसंयोजक अनिल संबाहाम्फेले उक्त पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा झापाका ४ टिम र अन्य मोरङ, सुनसरी, इलाम र सिन्धुलीका १–१ टिमको सहभागिता रहने छ जसमा झापाका जलथल फुटबल क्लब ,काकाडभिट्टा फुटबल क्लब ,रोयल स्पोर्टिङ क्लब दमक, आयोजक फाक्तेप फुटबल क्लब रहेका छन् भने पथरी स्पोर्टिङ क्लब मोरङ, धरान फुटबल क्लब सुनसरी, इलामका फुृटबल क्लब इलाम र दुधौली फुटबल क्लब सिन्धुलीको सहभागिता रहने खेल संयोजक सन्तोष थेगिमले बताए ।

गोल्डकपको बिजेता टिमले नगद १ लाख १ हजार मेडल ट्रफि र प्रमाणपत्र पाउने छ भने उपबिजेताले ५१ हजार नगद सहित मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने क्लबका सचिव सन्तोष शेर्माले जानकारी दिए ।

त्यसैगरि, प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पनि नगद सहित मेडल र ट्रफिले पुरस्कृत गरिने जनाइएको छ ।

मंसिर ११ गतेदेखि १८ गतेसम्म संचालन हुने गोल्डकपको मुख्य प्रायोजक एनि क्लोथ ब्राण्डले गरेको छ भने गोल नेपाल डट कमले प्रतियोगिता अवधिभर प्रत्यक्ष प्रशारण गर्ने क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङले बताएका छन् ।

करिब १८ लाख रुपैयाँको खर्च अनुमान गरिएको फक्तेप गोल्डकपलाई सभ्य र भव्य रुपमा सफल बनाउन बिभिन्न संचार माध्यमबाट प्रचार प्रसार गरिरहेको समेत बताइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *