काठमाडौं, २२ कात्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदैछन् । पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सहभागी हुन ओली विराटनगर जान लागेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली काठमाडौंबाट यति एयरको जहाज चढेर सोमबार बिहान ११ बजे विराटनगर जाने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ ।

यस क्रममा एमाले अध्यक्ष ओलीले विराटनगरका नेता र कार्यकर्तालाई बिहान ११ देखि २ बजेसम्म प्रशिक्षण दिने कार्यक्रम पनि रहेको एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिएका छन् ।

एमाले मोरङको पार्टी कार्यालयमा हुने कार्यक्रममा ७ हजार जनाभन्दा बढी नेता÷कार्यकर्ता सहभागी हुने उनको दाबी छ । अध्यक्ष ओली आजै काठमाडौं फर्किने जनाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *