काठमाडौं, २३ कात्तिक–नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ७३६ नमूना परीक्षणमा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४ हजार ९१८ नमूनाको पीसीआर र १,८१८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

जसमध्ये पीसीआर विधिबाट ४४३ र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको हो ।

यस्तै मंगलबार थप ४३ हजार ३८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार आज थप ४८४ जना कोरोनामुक्त भएका छन् । कोरोनाका सक्रिय संक्रमितको संख्या ७,६१२ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *