काठमाडौं, २३ कात्तिक–सरकारले प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनाको नाम प्रदेश प्रमुखको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
प्रदेश–१ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई सिफारिस गरिएको हो ।
परियार यसअघि प्रदेश–२ को प्रदेश प्रमखु थिए । उनलाई तत्कालीन केपी ओली सरकारले हटाएको थियो ।
हाल प्रदेश–१ मा सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।
