मोरङ, २४ कात्तिक–मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मात्र प्रदेश–१ सरकार विस्तारको तयारी गरिएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् । कात्तिक १५ गते राईले शपथ लिई चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति गरेका थिए ।

पाँच दलीय गठबन्धनको सरकारलाई मन्त्रिमण्डल विस्तार गर्ने र भागबण्डा छिटो गर्नुपर्ने बाध्यता छ ।

राईले कात्तिक २६ गते विश्वासको मत लिने आन्तरिक तयारी गरेका थिए । तर, मंगलबारको लागि तय भएको प्रदेश सभा बैठक ३० गते सारिएको छ ।

नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले मुख्यमन्त्रीले छिट्टै विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

घिमिरेका अनुसार मंसिर ३० गतेको बैठकमा विश्वासको मत लिने सम्भावना छ । विश्वासको मत लिनुभन्दा दुई दिनअघि नै प्रदेशसभा सचिवालयलाई जानकारी गराउनु पर्छ ।

प्रदेश–१ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनको सरकार बनेको छ ।

प्रदेश सभामा विश्वासको मत लिन ४७ मत चाहिन्छ । गठबन्धनसँग ५० सांसद छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *