मोरङ, २४ कात्तिक–मोरङ रंगेली नगरपालिका–७ बक्राह खोलामा नुहाउन गएका दुई युवकलाई बगाएको छ । बगाएकामध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन् ।

भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका–६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटुकुमार साह र १८ वर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खोजतलास गर्न पुगेको थियो । बिटुकुमार साहलाई उपचारको लागि रंगेली अस्पताल पठाई चेकजाँच गर्दा मृत्यु भइसकेको र राजा साहको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *