शिबगञ्ज, २४ कार्तिक–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालय परिसरभित्र जीर्ण अवस्थाको सरस्वती मन्दिर निर्माण गरिने भएको छ । विद्यालका पूर्व विद्यार्थी समन्वय समितिको आज सम्पन्न बैठकले विद्यालयमा नयाँ सरस्वती मन्दिर निर्माण गर्न, शैक्षिक गुणस्तर बृद्धि, अंग्रेजी माध्यमद्वारा पठन–पाठन गर्ने र नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गर्न समिति गठन गरिएको छ ।
शिबसताक्षी–६ का वार्ड अध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व विद्यार्थी समन्वय समितिका अध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
विद्यालय परिसरमा हाल कायम रहेको र जीर्ण अवस्थाको सरस्वती मन्दिरलाई नयाँ स्थानमा निर्माण गरिने र त्यसका लागि विद्यालय प्रशासनसँग उपयुक्त जग्गा व्यस्थापन गरिदिन माग समेत गरेको छ ।
मन्दिर निर्माण तथा जग्गा व्यवस्थापनका लागि भगवती ढुंगेलको संयाजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा लक्ष्मीकान्त कर्ण, गोकुल विमली, नवीन मैनाली र पुरुषोत्तम तिम्सिना छन् ।
त्यस्तैं, विद्यालयमा नर्सरीदेखि कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरु झोला वितरण गर्न सन्तोष भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा पार्वता खतिवडा पौडेल र अनिलदेब राई छन् ।
शैक्षिक गुणस्तर बृद्धि तथा अंग्रेजी माध्यमद्वारा पठन–पाठन सम्बन्धी पूर्व विद्यार्थी समन्वय समितिले विद्यालय प्रशासनसँग आवश्यक सहजिकरण गर्न लक्ष्मीकान्त कर्णको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सन्तोष भट्टराई, दिपक भेटुवाल, भक्तिप्रसाद काफ्ले र जीवन ढकाल छन् ।
सो समितिले आगामी २४ मंसिरमा रिपोर्ट तयार गरी विद्यालयमा प्रस्तुत गरिने बैठकले निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।
