दमक, २४ कार्तिक–झापाको दमकमा सत्तारुढ राजनीति दलहरुको गठबन्धनले सामुदायिक विद्यालय व्यवस्थापन समिति निर्माणमा छलफल र सम्बाद गर्न कार्यदल गठन गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) को कार्यालय दमकस्थित सिद्धि मार्केटमा गठबन्धनको बैठकले दमकमा सञ्चालित सामुदायिक विद्यालयको व्यवस्थापन समिति निर्माणमा छलफल र सम्बाद गर्न सत्तारुढ दलहरुले कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा राजनीति दलबाट दुई दुई जना रहने व्यवस्था गरिएको छ । सो अनुसार नेपाली कांग्रेस दमकको तर्फबाट नगर सभापति प्रकाश प्रसाई र रामचन्द्र अधिकारी छन् ।

त्यस्तैं, नेकपा (माओवादी केन्द्र) दमक नगरबाट तीर्थराज बस्नेत छन् । जनता समाजवादी पार्टी (जसपा) दमकको तर्फबाट भेषराज भट्टराई र राजु खड्का छन् । नेकपा (माले) को तर्फबाट घनश्याम गुरागाई छन् भने नेकपा (एकीकृत समाजवादी) दमक नगरको तर्फबाट अध्यक्ष महेश घिमिरे छन् ।

सो कार्यदलमा नेकपा (माओवादी केन्द्र), नेकपा (माले) र नेकपा (एकीकृत समाजवादी) को तर्फबाट थप सदस्यमा आगामी बैठकमा चयन गरिने बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

त्यस्तैं, कार्यदलमा राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) लाई पनि सहभागिता गराउने विषयमा नेतृत्वसँग छलफल गरिने र कार्यदलमा समेट्न पहल हुने बैठकमा कुरा भएको छ ।

एकीकृत समाजवादी दमक नगर अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) झापाका उपसचिव मणी भण्डारी, जिल्ला कमिटी सदस्य टीका प्रसाई, दमक नगर अध्यक्ष महेश घिमिरे, दमक नगर उपसचिव अनिलदेब राई, नेकपा (माओवादी केन्द्र) का नेता वीरेन्द्र बस्नेत, नेत्री भुमिका कोइराला, नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाई, उपसभापति सागर खनाल, नेकपा (माले) का रुपनारायण नेउपाने, जनता समाजवादी पार्टी (जसपा) का भेषराज भट्टराई लगायतको सहभागिता रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *