पाडाजुङ्गी (कमल), २५ कार्तिक–झापाको पाडाजुङ्गीस्थित मंगलबारे बजारमा विहिबार सगुन सांगीतिक साँझ तथा देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नं ५ मंगलबारे चौकको स्थानीय सगुन युवा क्लवले मंगलबारेमा सगुन साँगीतिक साँझ तथा देउसी–भैलो कार्यक्रम गर्दै आइरहेको छ ।

क्लबका अध्यइक्ष देवेन्द्रराज आङदम्बे (देबी) को अध्यक्षतामा र सामाजिक अगुवा प्रमोद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य, गीत र प्रहसन प्रस्तुत गरेका थिए ।

दिपावलीको अवसर पारेर प्रत्येक वर्ष सगुन युवा क्लबले मंगलबारेमा साँस्कृतीक तथा साँगीतिक कार्यक्रम मार्फत देउसी–भैलो आयोजना गर्दै आइरहेको क्लबका अध्यक्ष आङदम्बेले जानकारी दिए ।

सो कार्यक्रममा लखनपुर रेडक्रस सोसाइटी उपशाखाका अध्यक्ष चन्द्र साह, सामाजिक अगुवा ललित राई, पूर्णानन्द शर्मा, हुकुमसिंह राई, क्लबका पूर्व अध्यक्ष गणेश आङदम्बे लगायतको उपस्थिति थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *