दमक, २६ कार्तिक–झापाको दमकमा क्रियाशील दुई वटा खेलकुदका संस्थाबीच एकीकरण भएको छ ।
खेलकुद क्षेत्रलाई एकीकृत रुपले विकास गर्ने उद्देश्यले दमकको ध्रुवतारा स्पोर्टिङ क्लब र दमक फूटबल क्लब वीच एकीकरण गरि ध्रुवतारा स्पोर्टिङ क्लब गठन गरिएको हो ।
दुवै संस्थाको आज सम्पन्न भेलाले मोहन मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा नेत्र खड्का,सचिवमा हिरामणी खड्का, सहसचिबमा रोशन पौडेल र
कोषाध्यक्षमा भुपेन्द्र प्रसाद कोईराला चुनिएका छन् ।
यस्तै, सदस्यहरुमा रन्जित कुमार यादब, गोपाल चेम्जोङ, सुशील तामाङ,
राजु कुवर,। बिपिन सुवेदी, तेजेन्द्र राज नेपाल र सञ्जय लिम्बु रहेका छन् ।
यसैगरि, भेलाले दमक ८ मा निर्माणाधिन क्लबको अधुरो भवन सम्पन्न गर्नका लागि चन्द्र खत्रीको संयोजकत्वमा पाँच सदस्यीय एक उपसमिति समेत गठन गरिएको जनाइएको छ ।
उपसमितिको सदस्यहरुमा दीपेन्द्र तिवारी, नमकुमार चेम्जोङ, कमल कटुवाल, दिपेश दाहाल र भुपेन्द्र प्रसाद कोईराला रहेका छन् ।
