विराटनगर, २७ कार्तिक–सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन्।
अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरूले हस्तक्षेप गर्न उचित नहुने धारणा राखे। उनले दुनियाँमा कतै पनि राजनीतिक दलहरूले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको दाबी समेत गरे।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैं सक्षम रहेको प्रतिक्रिया दिए।
उनले भने, ‘न्यायालयको काम राजनीतिक दलहरूले र राजनीतिक दलहरुले गर्ने काम न्यायालयले गर्न थाल्यो भने त्यो झन चौपट हुँदैन रु त्यसकारणले न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरू हुनुहुन्छ। उहाँहरू आफैं निकास दिन सक्षम हुनुहुन्छ।
राजनीतिककर्मीहरूले न्यायालयभित्र हस्तक्षेप गर्नु हुँदैन। आ–आफ्नो दायराभित्र रहेर समस्यालाई हल गर्नुपर्छ। त्यहाँ समस्या छ, त्यसको निरुपण चाँडै नै हुन्छ। त्यसलाई राजनीतिक रुपले हस्तक्षेप गर्न उचित हुँदैन।
कहीँ पनि दुनियाँमा यस्तो चलन छैन।’ अध्यक्ष यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा यस्तो समस्या आएको दाबी गर्दै त्यसलाई संशोधन नगरी अघि बढन नसकिने अडान दोहोर्याए। उनले सत्तारुढ दलहरूबीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताए।
