काठमाडौं, २८ कार्तिक–प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सम्मानजनक बहिर्गमनको पक्षमा उभिएको बताइएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीको निरन्तर आन्दोलनपछि सम्मानजनक बहिर्गमनको पक्षमा देखिएको सरकारी उच्च स्रोतले जानकारी दियो ।

प्रधानन्यायाधीश सरकारसँग निरन्तर अनौपचारिक छलफलमा छन् ।

कानुनमन्त्री दिलेन्द्र बडू र महान्यायाधीवक्ता खम्मबहादुर खातीले निकासको लागि प्रयास जारी राखेको भए पनि मध्येमार्गी प्रस्ताव भने कानुन व्यवसायी र सर्वोच्चका न्यायाधीशलाई मान्य नभएको स्रोतले जानकारी दियो ।

प्रधानन्यायाधीशलाई तजबिजमा पेसी तोक्ने प्रचलनको सट्टा गोलाप्रथा लागु गर्ने र अब इजलासमा प्रधानन्यायाधीश नबस्ने प्रस्ताव गरिएको थियो ।

“प्रधानन्यायाधीश बहिर्गमनको पक्षमा रहेको हामीले पायौँ,” स्रोतले भन्यो, “अदालतमा देखिएको समस्याको समाधान छिटै हुनेछ ।”
प्रधानन्यायाधीशले पनि फूलकोर्ट बोलाउने तयारी गरेको बताइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *