२०७४ को स्थानीय तहको निर्वाचन परिणामपछि एकाएक झापामा चर्चा योग्य बनेका पात्र हुन शिवसताक्षीका-‘मनोज खुलाल कार्की’

नेपाली कांग्रेसको तर्फबाट शिवसताक्षी नगरकै केन्द्र विन्दु मानिने शिवगञ्ज बजारका स्थायीबासिन्दा खुलाल शिवसताक्षी-६ को वडाध्यक्षमा निर्वाचित भए ।

उनी झापाका १३१ वटै वडामा निर्वाचित भएका सबै वडाध्यक्षहरु मध्येका कान्छो उमेरका हुन ।

उनी झापाका १३१ वटै वडामा निर्वाचित भएका सबै वडाध्यक्षहरु मध्येका कान्छो उमेरका हुन ।

राजनीतिमा युवा पुस्ताको आकर्षण हुन नसकिरहेको र देशभरको चुनावी परिणाम कांग्रेसका लागि सुखद नभइरहेको अवस्थामा खुलालले वडाध्यक्षमा निर्वाचित भएर कांग्रेसको साखलाई उचो बनाउन केही हद सम्म भएपनि सहयोग पुरयाएका थिए ।

सो नगरपालिकामा कांग्रेसका तर्फबाट खुलाल र अधिकचन ताजपुरिया वडाध्यक्षमा निर्वाचित भएका थिए सिंगो कार्यपालिकामा ६ जना निर्वाचित भएका थिए ।

वडाध्यक्षमा निर्वाचित भएपछि मनोज खुलाल कार्कीले युवा पुस्ताका जनप्रतिनिधिको अलग पहिचान छोडन सफल मानिन्छन ।

वडाध्यक्षमा निर्वाचित भएपछि मनोज खुलाल कार्कीले युवा पुस्ताका जनप्रतिनिधिको अलग पहिचान छोडन सफल मानिन्छन ।

टोल-टोलमा स्वास्थ्य परिक्षण शिविर, लकडाउन प्रभावितहरुका लागि राहत, लकडाउनको पालना, महिला तथा ज्येष्ठ नागरिकहरु र युवा लक्षित कार्यक्रमहरु ल्याएर जिल्लामा उदाहरणीय जनप्रतिनिधिको पहिचान बनाएका छन उनले ।

बिकास निर्माणका योजनाहरु बनाउने र कार्यान्वयन गराउनमा सक्रियता पूर्वक संघीय सरकार सम्म पहलकदमी लिदैं आएका छन ।

खुलाल यतिबेला झापाको क्षेत्र नं ४ मा कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रतिनिधि चुनिन प्रतिस्पर्धाको दौरानमा छन ।

कार्की, यतिबेला झापाको क्षेत्र नं ४ मा कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रतिनिधि चुनिन प्रतिस्पर्धाको दौरानमा छन ।

कांग्रेसमा रुपान्तरण र परिवर्तनका लागि युवाहरुको साथ र बुढापाकाको आशिर्वाद भन्ने मुल नारा लिएर खुल्लातर्फको महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका मनोजको उम्मेदवारलाई यस क्षेत्रमा महत्वसाथ हेरिएको छ ।

दमक बहुमुखी क्याम्पसमा अध्ययनको सिलसिलामा नेविसंघको नेतृत्व गरेर बिद्यार्थीहरु माझ लोकप्रियता हासिल गरेका उनको राजनीतिक उचाई अग्लो बनाउने आफनो प्रयत्नलाई जारी राखेका छन ।

कार्की भन्छन-‘पार्टीमा अलग अलग समुह हुनु स्वभाविक हो’ विपक्षीसंगको चुनावी प्रतिस्पर्धामा भने कांग्रेस एक ढिक्का भए निकट भविष्यमा हुने सबै चुनावमा पार्टीको जित सुनिश्चित छ ।

कांग्रेसमा युवा पुस्तालाई आकर्षित गर्न आवश्यक रहेको बताउने कार्की भन्छन-‘पार्टीमा अलग अलग समुह हुनु स्वभाविक हो’ विपक्षीसंगको चुनावी प्रतिस्पर्धामा भने कांग्रेस एक ढिक्का भए निकट भविष्यमा हुने सबै चुनावमा पार्टीको जित सुनिश्चित छ ।

युवा पुस्तालाई पार्टीमा आकर्षित गराउने संग-संगै परिचालन र व्यवस्थापनको पनि स्पष्ट खाका बनाएर अघि बढनुपर्ने अहिलेको आवश्यकता भएको खुलालको बुझाई छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *