उदयपुर, २८ कात्तिक–उदयपुरमा एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख आठबिसे नगरपालिका–२ सिगौदीका २३ वर्षीय गोपाल विक रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गोपालले ती किशोरीलाई उदयपुर कटारी नगरपालिका–११ मा शुक्रबार जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय, कटारीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *