दमक, १ मंसिर–झापामा नेकपा (एकीकृत समाजवादी) समद्ध युवा संघ नेपालको बृहत भेला विर्तामोडमा हुने भएको छ । यहि शुक्रबार (मंसिर ३ गते) का दिन हुने झापाली युवाहरुको भेलालाई संघका केन्द्रीय अध्यक्ष नरेश शाहीले सम्बोधन गर्ने भएका छन् ।
सोही भेलाले झापामा युवा संघ नेपाल जिल्ला कमिटी गठन गरिने संघका केन्द्रीय सचिव एबम् प्रदेश १ का अध्यक्ष प्रत्युस रानाले जानकारी दिए । नेता रानाका अनुसार झापामा युवा संघ गठन गरेर नेकपा (एकीकृत समाजवादी) को जिल्लाभरी हुने राजनीति गतिविधिलाई सहयोग र सहजिकरणमा युवाहरुलाई सक्रिय बनाइनेछ ।
विर्तामोडस्थित अतिथि सदनमा सम्पन्न हुने युवा संघ झापाको वृहत पहिलो भेलालाई पार्टीका केन्द्रीय नेताहरु, प्रदेश र जिल्ला कमिटीका नेताहरुले सम्बोधन गर्नुहुने युवा संघ नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज खगेन्द्र बाराकोटीले जानकारी दिए ।
सो भेलालाई बृहत ढंङ्गबाट सम्पन्न गर्न संघका केन्द्र र प्रदेश कमिटीका नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको केन्द्रीय सदस्य एबम् नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाका सदस्य हकिृष्ण पौडेलले जानकारी दिए ।
संघका केन्द्रीय सदस्य सुमन कार्कीका अनुसार जिल्लाभरीबाटै युवाहरुको वृहत सहभागितामा युवा संघ नेपाल जिल्ला कमिटी झापा गठन हुने छ । युवाहरुको वृहत सभागिता गराउन नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापा र गाउँ र नगर कमिटी मार्फत युवाहरुलाई शुक्रबार विर्तामोडमा उर्तार्ने नेता कार्कीैले बताए ।
