दमक, १ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट युवाहरुको संगठन युवा संघ नेपालले झापाको विर्तामोडमा मंसिर ३ गते शुक्रबार वृहत गर्ने भएको छ । सो भेलाले युवाहरुको जिल्ला स्तरीय कमिटी युवा संघ नेपाल झापा गठन हुने संघका केन्द्रीय सचिव एबम् प्रदेश १ का अध्यक्ष प्रत्युस रानाले जानकारी दिनुभयो ।

नेता रानाका अनुसार युवा संघ झापाको वृहत भेलालाई केन्द्रीय अध्यक्ष नरेश साही लगायत पार्टी संगठनका अगुवा नेतृत्वहरुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापा गठन भएको लामो समयपछि युवा संघ नेपाल जिल्ला कमिटी गठन हुन लागेको नेता रानाले जानकारी दिनुभयो ।

नेता रानाका अनुसार लामो समय कोरोना भाइरसको त्रासको कारण र नेपालीहरुको ठूला चार्डपर्वले गर्दा युवा संघ गठन गर्न ढिलाई भएको हो । नेता रानाले झापामा युवा संघ गठन भएपछि नेकपा (एकीकृत समाजवादी) ले जिल्लाभरी गर्ने राजनीति गतिविधिलाई सहयोग र सहजिकरण गर्न युवाहरुलाई परिचालन गरिने बताउनुभयो ।

विर्तामोडस्थित अतिथि सदनमा सम्पन्न हुने युवा संघ झापाको वृहत पहिलो भेलालाई पार्टीका केन्द्रीय नेताहरु, प्रदेश र जिल्ला कमिटीका नेताहरुले सम्बोधन गर्नुहुने युवा संघ नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज खगेन्द्र बाराकोटीले जानकारी दिए ।

सो भेलालाई बृहत ढंङ्गबाट सम्पन्न गर्न संघका केन्द्र र प्रदेश कमिटीका नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको केन्द्रीय सदस्य एबम् नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाका सदस्य हकिृष्ण पौडेलले जानकारी दिए ।

संघका केन्द्रीय सदस्य सुमन कार्कीका अनुसार जिल्लाभरीबाटै युवाहरुको वृहत सहभागितामा युवा संघ नेपाल जिल्ला कमिटी झापा गठन हुने छ । युवाहरुको वृहत सभागिता गराउन नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापा र गाउँ र नगर कमिटी मार्फत युवाहरुलाई शुक्रबार विर्तामोडमा उर्तार्ने नेता कार्कीैले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *