गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), २ मंसिर–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा विद्यालयमा यही मंसिर ११ गते देखि संचालन हुने पहिलो संस्करणको एनी फाक्तेप गोल्डकपको टाइसिट (खेल तालीका) सार्बजनिक गरिएको छ ।
आयोजक फाक्तेप फुटबल क्लबले आज बुधबार एक कार्यक्रमका बिच खेल तालीका सार्बजनीक गरेको हो । फुटबल खेलको उर्बरभुमि रहेको फाक्तेपमा पहिलो पटक हुन लागेको फाक्तेप गोल्ड कपमा झापाको ४ टिम र जिल्ला बाहिररका ४ टिमगरि जम्मा ८ टिमको सहभागिता रहने खेल तालीकामा उल्लेख गरिएको छ ।
खेल तालीका अनुसार झापाको जलथल फुटबल क्लब ह्लदीबरी ,तुर्केनी फुटबल क्लब काकाडीभिटा ,रोयल सपाटिङ क्लब दमक र आयोजक फाक्तेप फुटबल क्लब रहेका छन भने जिल्ला बाहिरका पथरी फुटबल क्लब मोरङ, दुधा्ैली स्पोटिङ क्लब सिन्धुली, माइभ्याली फुटबल क्लब इलाम र धारान सिटी फटबल क्लब सुनसरीको सहभागिता रहनेछ ।
गोल्डकपको उद्धघाटन खेल पथरी फुटबल क्लब मोरङ र दुधौली स्पोटिङ क्लब सिन्धुली बिच खेल हुनेछ गोलडकपको बिजेता र उपबिजेताले क्रमश नगद १ लाख १ हजार र ५१ हजार नगदसहित मेडल टफी र प्रमाणपत्र प्रदान गरिने आयोजक फाक्तेप फुटबल क्लबका अध्यक्ष बमप्रसाद चेमजोङ बताएका छन ।
खेल सब्य र भब्य रुपमा सम्पन्न गर्नको लागी प्रचार-प्रसारसंगै आर्थिक संकलनलाई तिब्ता दिइएको जनाइएको छ ।
खेल मैदान मर्मतको काम सम्पन्न भइसकेको छ भने हाल स्टेज र प्याराफिट निर्माणको काम धमाधम भइरहेको छ ।
मंसिर १८ गते समापन हुने गोल्डकपको प्रत्यक्ष मनेरञ्जन लिनको लागी दर्शकलाइ निशुल्क प्रबेश गराइने जनाइएको छ । ११ दिन मात्र बाँकी रहेको फाक्तेप गोल्डकप उद्धघाटन कस्ले गर्ने भन्ने टुङगो लागी नसकेको बताइएको छ ।

