दमक, २ मंसिर–अष्ट्रेलियामा बसोबास गर्नुहुने ५० वर्षिय तेजबहादुर लिङखिम  (लिम्बू) ले आज आफ्नो जन्मदिनमा झापाको दमकस्थित रत्न जेष्ठ नागरिक बृद्धश्रम सेवा केन्द्रलाई खाद्यान्य सामाग्रीहरु हस्तान्त्रण गरिएको छ ।

भौतिक रुपमा लिङखिम उपस्थित हुन नसकेपनि सो सामाग्रीहरु दमकस्थित सुन्दर समाज नेपाल मार्फत रत्न जेष्ठ नागरिक बृद्धश्रम सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरेर सो सामाग्रीहरु हस्तान्त्रण गरिएको हो ।

दमक–४ चिया बगान उत्तरतर्फ अवस्थित बृद्धश्रममा नौ जना आमा बुबाहरु आश्रित छन् । निजी स्रोत साधनबाट स्थापना भएर परिवारबाट अपहेलित भएका र सडकमा बेसहारा जीवन यापन गरिरहेको बृद्धाहरुको संरक्षण र हेरचार गर्दै आइरहेको रत्नजेष्ठ नागरिक बृद्धश्रममा झापा, मोरङ, इलाम, पाँचथर, धनकुटा लगायतका जिल्लाका नौ जना आमा बुबाहरु आश्रित छन् ।

विर्तामोड निवासी लिङखिम हालः रोजगारीको शिलशिलामा परिवारसहित अष्ट्रेलियमा बसोबास गरिरहेका छन् । लिङदमकी एक छोरी सिलविया र श्रीमति छन् ।

२०२८ सालमा जन्मिएका तेज बहादुर लिङखिमको जन्मदिनको अवसरमा यसअघि पनि परोपकारी सेवा गर्नुभएको सुन्दर समाज नेपालकी अध्यक्ष रुपा सेलिङले जानकारी गराईन् ।

जन्मदिनमा हुने अनावश्यक खर्चलाई बचाएर समाजको सुन्दर र सकारात्मक कार्यमा प्रयोग गर्ने लिङखिमको उदेश्य अनुसार बृद्धश्रमका आमा बुबाहरुका लागि सहयोग गरिएको हो । सो अवसरमा बृद्धश्रमका आमा बुबाहरुले जन्मदिनको अवसरमा सहयोग गर्नुहुने तेजवहादुर लिङखिमको सुस्वास्थ्य र दीर्घायु जीवनको कामना गर्दै घर परिवारमा सुख, शान्त र उन्नती प्रगतीको शुभकामना व्यक्त गरेका थिए ।

सहयोग हस्तान्त्रण कार्यक्रममा सुन्दर समाज नेपालकी सचिव मनु साङपाङ राई, कोषाध्यक्ष झरना लक्सम लिम्बू, सदस्य पुनम सुब्बाको सहभागिता थियो । त्यस्तै), सो कार्यक्रममा दमकका सामाजिक अगुवा टेकराज देवान र पत्रकार अनिलदेब राईको सहभागिता थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *