रोल्पा, २ मङ्सिर–रोल्पामा धार्मिक यात्रामा हिँडेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बिहिबार बेलुकी माडी गाउँपालिका–४ तार्केबाङ शहीद मार्गमा दुर्घटना भएको हो । जलजलामा पूजा गर्न बस रिजर्भ गरेर आएका यात्रु दुर्घटनामा परेको माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार बस सडकबाट २०० मिटर तल खोलामा खसेको थियो । मृतकको पहिचान भई नसकेको उपरीक्षक सुवेदीले बताए ।
