दमक, ३ मंसिर–अध्ययनसँगै परिवारसहित अष्ट्रेलियामा बसोबास गरिरहेकी २३ वर्षिया सिलभिया लिङखिमले आफ्नो जन्मदिनको अवसर पारेर झापाको दमकस्थित हाम्रो बाल आश्रमका बालबालिकालाई सहयोग गरेकी छन् । उनले सो सहयोग दमकमा सामाजिक क्षेत्रमा सक्रिय सुन्दर समाज नेपाल मार्फत बाल आश्रमका १२ जना बालबालिकाहरुलाई चिसोमा लगाउने कपडा र नगद रु २ हजार सहयोग गरेकी हुन् ।
सिलभियाले अघिल्लो वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु र विर्तामोडस्थित बृद्धश्रमका आमा बुबाहरुलाई भोजन गराएकी थिईन् । उनी भौतिक रुपमा उपस्थित हुन नसकेपनि अष्ट्रेलियाबाट सहयोग उपलब्ध गराएका सुन्दर समाज नेपालकी अध्यक्ष रुपा सेलिङले जानकारी गराईन् ।
जन्मदिनमा हुने अनावश्यक खर्चलाई बचाएर सामाजिक सेवा भावनामा प्रयोग गर्नु पर्दछ भन्ने उदेश्यले सिलभियाले आफ्नो जन्मदिनको अवसर पारेर आश्रममा आश्रित सा–साना बालबालिकालाई न्यानो कपडा वितरण गरेकी हुन् ।
सिलभियाको बुबा तेजबहादुर लिङखिमको जन्मदिनमो हिजो (विहिबार) दमकस्थित रत्नजेष्ठ नागरिक बृद्धश्रमका आमा बुबाहरुलाई खाना खाने सामाग्री (खाद्यान्य) हरु वितरण गरेको थियो । सो सामाग्रिहरु सुन्दर समाज नेपाल मापर्ःत वितरण गरिएको हो ।
झापाको विर्तामोड निवासी सिलभियाका बुबा तेजबहादुरसहित सम्पुर्ण परिवार अष्ट्रेलियामा बसोबास गरिरहेका छन् ।
न्यानो कपडा वितरण कार्यक्रममा आश्रम सञ्चालक समितिका सचिव एबम् दमकका बुद्धिजीवि साजन श्रेष्ठ, सुन्दर समाज नेपालकी महासचिव गंगा ढकाल, कोाषध्यक्ष झरना लक्सम, स्थानीय सामाजिक अगुवा टेकराज देवान र पत्रकार अनिलदेब राईको सहभागिता रहेको थियो ।

