दमक,३ मंसिर–नेपाली कांग्रेस झापा क्षेत्र न ५ अन्तर्गत प्रदेश सभा (ख) को सभापतिमा रवि केसी न्यौपाने निर्वाचित भएका छन् ।

आज साँझ सम्पन्न निर्वाचन मतपरिणाम अनुसार न्यौपानेले २३८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्धन्दी चुडेन्द्र कुमार खडकाले १३६ मत प्राप्त गरेका थिए ।

यसैगरि दुई उपसभापतिमा हरि प्रसाद अधिकारी (१९७) र सुरेन्द्र बहादुर कटुवाल (१७६) बिजयी भए । उपसभापतिका प्रत्यासीद्धय कृष्ण बहादुर धिमाल (१६२) र गणेशबहादुर बुढाथोकीले १७३ मत प्राप्त गरे ।

यसैगरि,सचिवद्धयमा देबेन्द्र राज आङ्गदेम्बे (२२२) र तोयानाथ चापागाईंले (२०२) मत ल्याएर निर्वाचित भए । सचिवका प्रत्यासीद्धय फडिन्द्र गडतौला (१३९) र बिदुर भारतीले (९८) मत प्राप्त गरे ।

यसैगरि सहसचिवद्धयमा सोमनाथ घिमिरे (२०९) र पुनम बजगाँई संग्रौला (१९७) विजयी भए । सहसचिवका प्रत्यासीद्धय कविता उप्रेती भट्टराई (१२१) गोमा नेपाल (१५३) ले मत प्राप्त गरेका थिए ।

प्रदेश प्रतिनिधिहरुको भने मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *