धरमपुर (शिबसताक्षी), ४ मंसिर–शिबसताक्षी-१ धरमपुरमा नेकपा (माओवादी केन्द्र) को शनिबार सम्पन्न प्रथम वडा सम्मेलनले नयाँ वडा कमिटी गठन गरेको छ ।

धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयमा सम्पन्न वडा सम्मेलनले शिबसताक्षी नगरका प्रभावसाली युवा नेता नेत्र नेम्बाङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

सो कमिटीको उपाध्यक्षमा कुबेरधन रिजाल (केडी सर, सचिवमा पुर्ण लकान्द्री, सहसचिवमा केशब बस्नेत र कोषाध्यक्षमा संगीता राई छन् ।

त्यस्तैं, वडा कमिटीका सदस्यहरुमा रामबहादुर कार्की, मित्रलाल विश्वकर्मा, लक्षमण तिम्सिना, उमा दर्जी, अमृत बहादुर कार्की, दिवेश रसाइली, मिना कुमारी बोहोरा, सविना तिम्सिना, चेवन घिमिरे, जीतेन्द्र प्रसाद लिम्बू, नरमाया दर्जी, इन्द्र खबास, खेमराज ढकाल, चित्रकला मगर, दिपक कुमार बोहोरा, रिता सोडारी, विर्ख राई, प्रेमकुमार राई, रत्नमान राई, दिपक बोहोरा, चेत नारायण श्रेष्ठ, सुयोग कुमार राई, सफल हेमरम, विशाल रसाइली छन् ।

यसअघि, वडा सम्मेलन आयोजक कमिटीका अध्यक्ष नेत्र नेम्बाङको अध्यक्षतामा कार्यक्रम भएको थियो । नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी सदस्य चन्द्रसिहं कुलुङ राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा पार्टी र संगठनमा लोमो समयदेखि निरन्तर योगदान गर्नुहुनेहरुलाई सम्मान गरिएको थियो ।

वडा सम्मेलनको उद्घाटन कार्यक्रममा पार्टी नगर सचिवालय सदस्य दुर्गा नेम्बाङ, ज्ञानेन्द्र तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेको थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *