पाराबारी (शिबसताक्षी), ४ मंसिर–नेकपा (माओवादी केन्द्र) ले शिबसताक्षी–३ मा वडा कमिटी पुर्नःगठन गरेको छ । पाराबारीस्थित भानु माध्यमिक विद्यालयमा आयोजित माओवादी केन्द्रको प्रथम वडा सम्मेलनले युवा नेता राजु लिम्बूको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

सो कमिटीको उपाध्यक्षमा इन्द्रप्रसाद बास्तोला, सचिवमा लय प्रसाद गौतम, सहसचिवमा जंङ्ग वहादुर राई र कोषाध्यक्षमा रञ्जिता ताजपुरिया छन् ।

पार्टीका जिल्ला कमिटीका सचिवालय सदस्य रामबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा पाटी नगर अध्यक्ष महेन्द्र भट्टराई, नगर सदस्य तथा शान्ति आधारभूत विद्यालयका प्रधानध्यापक बिष्णुप्रसाद भट्टराई, सञ्जय राई, मनिकुमार लिम्बू लगायतले नवगठित वडा कमिटीका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा सफल कार्याकालको शुभकामना व्यक्त गरेका थिए ।

वडा सम्मेलन आयोजक कमिटीका अध्यक्ष राजु लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा नवगठित कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *